Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास

वीरगञ्ज- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

बोर्डका अध्यक्ष डा शर्माले अहिले बोर्ड बैठक जारी रहेको र नतिजालाई वेबसाइडमा राख्ने काम भइरहेको जानकारी दिए। 

देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए। 

बोर्डले विद्यार्थीको प्राप्तांक इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ। प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ। 

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्