समसामयिक :

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

शुक्रबार, असार ५, २०८३

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुद्वारा आज बिहान सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरिएको छ ।

विद्यार्थीहरूले विद्यालय प्रशासनको समन्वयमा प्रगतिनगर चौक क्षेत्रमा चिसो सर्बत वितरण गरेका थिए । “हामीले समाजका लागि केही सकारात्मक काम गरौँ भन्ने सोच राख्यौँ, त्यसैले यस्तो सानो प्रयास गरेका हौँ,” एक विद्यार्थीले बताए ।

विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै अत्याधिक गर्मीको समयमा बाटोमा हिड्ने सर्वसाधारणहरुलाई विद्यालयको तर्फबाट चिसो सर्बत खुवाएर गर्मीबाट केहि हदसम्म राहत पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको विद्यालयकी प्रधानाध्यापिका आशमा सिंह यादवले बताउनु भयो ।

प्रधानाध्यापिका यादवले यस्ता कार्यक्रम मार्फत विद्यार्थीहरूमा स्वच्छता, स्वास्थ्य, आपसी सद्भाव, पानीको महत्त्व र सामाजिक चेतना समेत विकास हुने कुरा बताउनु भयो ।

सर्बत वितरण कार्यक्रममा करिब ३०० भन्दा बढी पैदलयात्रीहरु लाभान्वित भएका थिए ।

स्थानीयहरूले समेत विद्यार्थीहरूको यस कार्यको प्रशंसा गर्दै समाजमा सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १९:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय