अनुगमन :

वीरगञ्जको किंग्स क्यासिनोलाई ‘उत्तम’ खाद्य स्वच्छता स्तरको प्रमाणपत्र

मंगलबार, असार २, २०८३

वीरगंज- वीरगञ्जमा संयुक्त बजार अनुगमन टोलीले आज विभिन्न व्यवसायिक प्रतिष्ठानहरूको अनुगमन गरेको छ।

खाद्द प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा आदर्शनगरस्थित सिद्धार्थ दियालो होटलभित्र सञ्चालित किंग्स क्यासिनोको सरसफाइ तथा खाद्य वस्तुको गुणस्तर परीक्षण गरिएको थियो।

टोलीले क्यासिनोमा सरसफाइको अवस्था तथा खाद्य सामग्रीको गुणस्तर ‘उत्तम’ पाएको जनाएको छ।

गुणस्तर मापदण्ड पूरा गरेपछि किंग्स क्यासिनोलाई ‘उत्तम’ खाद्य स्वच्छता स्तरको प्रमाणपत्र प्रदान गरिएको खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

बजारमा गुणस्तरीय सेवा र सुरक्षित खाद्य वस्तुको सुनिश्चितताका लागि यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  २०:५२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय