समसामयिक :

वीरगञ्ज महानगरको चेतावनी : विद्यालयले तोकिएभन्दा बढी शुल्क लिए कारवाही हुने

शनिबार, जेठ ९, २०८३

वीरगंज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरुलाई गैरकानुनी रूपमा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै शिक्षा नियमावली विपरीत विभिन्न शीर्षकमा तोकिएभन्दा बढी शुल्क लिएको गुनासो प्राप्त भएको जनाएको हो ।

जारी सूचनामा केही विद्यालयहरुले निर्धारित मापदण्डभन्दा फरक ढंगले शुल्क असुल गरिरहेको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ ।

महानगरपालिकाले कुनै पनि विद्यालयबाट नियमविपरीत शुल्क असुलिएको पाइएमा प्रचलित कानूनअनुसार कारवाही गरिने चेतावनी दिएको छ ।

महानगरपालिकाका अनुसार अभिभावकबाट लगातार गुनासा आएपछि सबै संस्थागत विद्यालयलाई सचेत गराउन सूचना जारी गरिएको हो ।

महानगरले विद्यालयहरुलाई पारदर्शी र कानुनसम्मत ढंगले शुल्क निर्धारण तथा असुल गर्न समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय