सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज। पत्रकार महासंघ पर्सामा शुद्घिकरण तथा नयाँ सदस्या बितरणका लागि गठित संघर्ष समितिले मंगलबार महासंघ पर्साका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।
संघर्ष समितिका संयोजक अनुप तिवारीले वर्तमान कार्यसमितिले बिगत जस्तै छानबिन गरी अयोज्ञ र बिधान बिपरीत रहेकाहरुलाई सदस्यबाट हटाउने माग गरेको छ ।
बिधान सम्बत सक्षम र योज्ञ पत्रकारहरुलाई अभिलम्ब सदस्यता प्रदान गर्न पनि माग गरेको छ ।
पत्रकार महासंघ पर्साले तिनदिन भित्र सदस्यता छानबिन र नयाँ सदस्यता प्रदानका लागि आवश्यक पहल कदमी नगरेमा चरणब्द्घ आन्दोलनका कार्यक्रम गर्ने समेत चेतावनी दिएको छ ।
समितिले लोकतान्त्रिक व्यवस्था र नागरिकको लागि सर्वाधिक पत्याइएको संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघ आफनो मर्यादालाई बचाई राख्न स्वयंविधी विधान र पद्धती अनुरुप अगाडी बढनु पर्ने सुझाएको छ ।
ज्ञापन पत्रमा समितिले २०७२ माघ १४ गते शाखाका पूर्व अध्यक्ष सत्रुधन नेपालको संयोजकत्वमा पूर्व अध्यक्षहरु सहितको कार्यदलले निमार्ण गरेको बिभिन्न सातवटा मापदण्दमा नपर्ने शाखाका सदस्यहरुलाई सदस्यताबाट बंचित गरेको तथा बिगतका दुई कार्यकालमा महासंघ पर्साले शुद्घिकरण अभियान अन्तर्गत संस्थालाई मर्यादित स्वच्छ बनाउने कार्यलाई पुन निरन्तर्ता दिनु माग गर्दै महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापन पत्र बुझाएको हो ।
सो ज्ञापन पत्र बुझाउने समय समितिका सह संयोजक शेखर छतकुल्ली, सदस्य आशिक अंसारी, लालकिशोर सिंह, राम कुशवाहा, राजेन्द्र सिंह, संतोष पटेल, बलिराम यादवलगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।
नेपाल पत्रकार महासंघको सभाहँलमा बुझाईएको उक्त ज्ञापन पत्र बुझने समय वर्तमान कार्यसमितिका उपाध्यक्ष भुषण यादव, कोषाध्यक्ष संजिव कुमार मिश्र, सह सचिव एस.के चौरसियाको उपस्थिीति पनि रहेको थियो ।