Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

दुर्गा प्रसाईंमाथि राज्यविरुद्ध र विद्युतीय अपराध मुद्दामा अनुसन्धान सुरु

वीरगंज - जिल्ला प्रहरी कार्यालय पर्साले हिजो पक्राउ गरेको मेडिकल व्यवसायी तथा नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाद प्रसाईमाथी विद्युतीय अपराध सम्बन्धी कसुरमा म्याद थप गरेको छ।

पर्सा प्रहरीले जारी गरेको विज्ञप्तीमा प्रसाईले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति, जातजाति तथा समुदायबीच द्वेष फैलाउने, सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध गतिविधि गर्ने तथा नेपाल सरकार र सरकारी निकायप्रति भ्रम फैलाउने सामग्री पोस्ट गरेको आरोपमा कारबाही अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार उनलाई सोमबार दिउसो २ बजे वीरगंजको होटेल दियालो लर्डसबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतले  जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रहरीले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

पक्राउ परेका प्रसाईंलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा कानून विपरीतका गतिविधि नगर्न तथा जिम्मेवार ढंगले अभिव्यक्ति दिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्