सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज - वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको “क्षयरोगमुक्त वीरगंज अभियान” अन्तर्गत वडा नं. २५ स्थित सिर्सिया स्वास्थ्य चौकीमा आज क्षयरोगी खोजी तथा परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा एआई प्रविधियुक्त एक्सरेमार्फत करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा ५० जना संभावित क्षयरोगका बिरामी देखिएकाले थप पुष्टि गर्न उनीहरूको खकार परीक्षणका लागि पठाइएको छ।
महानगरपालिकाले समुदायस्तरमै पुगेर क्षयरोगको पहिचान, परीक्षण र उपचारलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख राजु साहले जाकारी दिए ।
प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचार प्रक्रिया अघि बढाउँदा क्षयरोग नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।