समसामयिक :

इन्धन अभावको असर: सरकारी र शैक्षिक संस्था दुई दिन बिदा

आइतबार, चैत २२, २०८२

वीरगंज । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।

प्रवक्ता पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय