समसामयिक :

बालेन्द्र शाह नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त

शुक्रबार, चैत १३, २०८२

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका संसदीय दलका नेताको हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गरिएको हो।

नवनियुक्त प्रधानमन्त्री शाहले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

शपथसँगै मन्त्रिपरिषद् गठन तथा मन्त्रीहरूको शपथ पनि गराउने तयारी गरिएको बताइएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत हासिल गरेपछि शाहलाई संसदीय दलको नेता चयन गरिएको थियो।

त्यसपछि उनले संविधानअनुसार सरकार गठनका लागि दाबी प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय