समसामयिक :

पर्समा सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ

शुक्रबार, चैत ६, २०८२

वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको २० लाख नगदसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट वीरगञ्ज–१७ अलौका ५० वर्षीय विनयशंकर साह तुरहालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जको चेकपोष्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा २० लाख रकम फेला पारेको थियो ।

साहले चलाएको बीआर ०५ बीके  ८६०३ नम्बरको सो मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा २० लाख रुपैयाँ लुकाएर राखेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामत रकमध्ये २० लाख २५० रुपैयाँ नेपाली र ६०० रुपैयाँ भारतीय नोट छन् ।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय