समसामयिक :

पर्सामा ग्यास, डिजेल र पेट्रोल अभाव नहुने : कृत्रिम अभाव नगर्न प्रशासनको चेतावनी

बुधबार, फागुन २७, २०८२

वीरगञ्ज । पर्सा जिल्लामा ग्यास, डिजेल र पेट्रोलको अभाव नरहेको र कृत्रिम अभाव सिर्जना नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले सरोकारवालाहरुलाई चेतावनी दिएको छ ।

आज पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति र वितरणलाई नियमित तथा व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको हो ।

बैठकमा नेपाल आयल निगम, ग्यास उद्योग, डिलर तथा सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैठकमा प्रस्तुत विवरण अनुसार पर्सा जिल्लामा हाल ग्यास, डिजेल र पेट्रोलको मौज्दात पर्याप्त रहेको र आयात पनि नियमित रुपमा भइरहेको जानकारी दिइएको छ ।

यस कारण जिल्लामा खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको अभाव हुने कुनै सम्भावना नरहेको प्रशासनले जनाएको छ ।

प्रशासनले अनावश्यक रुपमा ग्यास, डिजेल र पेट्रोल जम्मा नगर्न र कृत्रिम अभावको हल्ला नफैलाउन समेत आग्रह गरेको छ ।

साथै पेट्रोल र डिजेलको खुला बिक्री–वितरण (ग्यालेन, ड्रम आदि) नगर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको छ ।

यसैगरी ग्यास डिलरहरुले दैनिक रुपमा बिक्री–वितरण गरेको उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण ग्यास उद्योगमा उपलब्ध गराउने र ग्यास उद्योगहरुले आफ्ना डिलरहरुलाई बिक्री गरेको सिलिन्डरको परिमाणसहितको विवरण जिल्ला प्रशासन कार्यालय पर्सा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज र नेपाल आयल निगम शाखा कार्यालयलाई इमेलमार्फत अनिवार्य रुपमा जानकारी गराउने निर्णय समेत गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय