सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज-पर्साको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशील कुमार कानु विजयी भएका छन् ।
आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेकि उम्मेदवार रिमा कुमारी यादवलाई १८ हजार ९७१मतान्तरले पराजित गर्दै ३६ वर्षीय कानु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
कानु ३० हजार ७२२ मतका साथ निर्वाचित हुदाँ एमालेकी यादवले ११ हजार ७५१ मत मात्रै पाइन्।नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व कानुन मन्त्री अजय कुमार चौरसिया भने ११ हजार ४९६ मतका साथ तेस्राे स्थानमा सिमित भएका छन्।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित कानु २०७९ को स्थानिय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
स्थानिय तहको निर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित कानु गत माघ ५ गते रास्वपामा प्रवेश गरेका थिए ।
कांग्रेसका चौरसिया भने यसअघि पर्सा क्षेत्र नम्बर २ र ३ बाट गरी तीन पटक सांसदमा निर्वाचित भएका थिए ।यसपालि उनि सातौं पटक चुनावी मैदानमा उत्रिएका थिए ।
२०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार चौरसियाले जसपा नेपालका उम्मेदवार सुरेन्द्र कुर्मीलाई ५ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।