चुनाव :

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता

सोमबार, फागुन १८, २०८२

वीरगन्ज- पर्साको निर्वाचन क्षेत्र नम्बर–३ का नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डेयले चुनाव प्रचार प्रसारको अन्तिम दिन सोमबार पोखरीया नगरपालिका वडा नम्बर–२ मा चुनावी घरदैलो कार्यक्रम गरेका छन् । 

पाण्डेयले सोमबार वडा नम्बर २ मा पर्ने लमरीया र डामरापुरमा घरदैलो गर्दै मतदाताहरुसंग भेटेर संवादपनि गरेका छन् । 

एमाले नेताकार्यकर्ता र समर्थकहरुको उत्साहजनक सहभागीता रहेको घरदैलो कार्यक्रममा उम्मेदवार पाण्डेयले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुधारलाई आँफुले प्राथमिकतामा राखेको बताए।

घरदैलोकै क्रममा त्यस वडाका दर्जनौ युवाहरु एमाले उम्मेदवार पाण्डेयको हातबाट अबीर टीका लगाएर एमाले पार्टीमा प्रवेशपनि गरेका थिए । 

उक्त कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरि र मन्जुर अन्सारीका साथै युवा नेता सुजित गिरि,सन्तोष महत्रो लगायतकाकोपनि सहभागिता थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय