चुनाव :

पर्सा–३ का एमाले उम्मदवार पाण्डेयविरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज

आइतबार, फागुन १७, २०८२

वीरगन्ज - नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल यादवले े निर्वाचन आयोग कान्तिपथ काठमाडौं समेतलाई विपक्षी बनाउँदै पाण्डेयको उम्मेदवारी खारेज गर्न माग गरी रिट दायर गरेका थिए ।

उक्त रिटमा बैंक ऋण नतिरेको विषय उठाउँदै कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी प्रसंग उल्लेख गरिएको थियो ।

आइतबार सर्वोच्च अदालतका न्यायधिशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलाशले पाण्डेयविरुद्धको रिट निवेदन खारेज गरेको हो ।

यसअघि फागुन १४ गते सर्वोच्च अदालतले पाण्डेयविरुद्ध दायर उत्प्रेषण मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो ।

यसअघि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेयसँग स्पष्टीकरण मागेको थियो ।

उजुरी परेपछि निर्वाचन आयोगले कानुनी प्रक्रिया अघि बढाएको र त्यसै सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा पुगेको थियो ।

आइतबार सर्वोच्च अदालतको फैसलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं एमाले उम्मेदवार पाण्डेयले विपक्षीहरुले आँफुविरुद्ध जतिसुकै षडयन्त्र गरेपनि अदालतले अन्तत न्याय दिएको बताए ।

उनले भने,‘विपक्षीहरुको नियत र चरित्र उदाङ्गीएको छ । विपक्षीहरुले मविरुद्ध जतिसुकै षडयन्त्र गरेपनि अदालतले मलाई न्याय दिएको छ ।’

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय