सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज- जिल्ला निर्वाचन कार्यालय पर्साले पर्साका सञ्चारकर्मीहरूसँग मतदाता शिक्षा तथा निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्देश्य निर्वाचन प्रक्रियाबारे स्पष्ट जानकारी दिनु तथा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउनु रहेको जनाइएको छ।
कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत अनामिका रौनियारले निर्वाचन आचारसंहिताबारे विस्तृत जानकारी दिएकी थिइन्।
उनले सञ्चारकर्मीहरूले समाचार प्रकाशन तथा प्रसारण गर्दा सत्य, निष्पक्ष र सन्तुलित ढंगले सामग्री प्रस्तुत गर्नुपर्ने बताइन्।
उनले निर्वाचन आचारसंहिता उल्लङ्घन भए कानुनी कारबाही हुन सक्ने भएकाले सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिइन्।
मतदाता शिक्षाले नागरिकलाई सही निर्णय लिन मद्दत गर्ने भन्दै सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनसम्बन्धी जिज्ञासा राख्दै निष्पक्ष र मर्यादित पत्रकारितामार्फत स्वच्छ निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सुरक्षा बारे जानकारी दिए ।
पर्साका प्रहरी उपरिक्षक नरेश राज सुवेदी लगाएत सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।