चुनाव :

कलैयाका विभिन्न टाेलमा रास्वपा उम्मेदवार ई. साहकाे घरदैलाे

बिहीबार, फागुन १४, २०८२

बारा। बाराको कलैया उपमहानगरपालिका अन्तर्गत कलैया गाउँ, राजदेवी टोल, देवकोटा चोक लगायतका विभिन्न टोलमा बारा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. अरविन्द साहले घरदैले गरेका छन्।

घरदैलोका क्रममा साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै मतदाताका समस्या, अपेक्षा र सुझाव सुने।

उनले बाराको समग्र विकासका लागि स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि आधुनिकीकरण र साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिए युवाहरूको विदेश पलायन कम हुने उनको भनाइ थियो।

साहले सडक, ढल, खानेपानी, विद्युत् तथा शहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने उल्लेख गरे।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्दै ग्रामीण तथा शहरी क्षेत्रबीचको विकास अन्तर घटाउने योजना अघि सार्ने बताए।

युवाहरूलाई लक्षित सीपमूलक तालिम, उद्यमशीलता विकास तथा प्रविधिमैत्री अवसर सिर्जना गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताए।

साथै, नीतिगत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण, पारदर्शिता र सुशासन कायम गर्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोका क्रममा स्थानीयले सडक स्तरोन्नति, कृषि बजार व्यवस्थापन, रोजगार अवसर र आधारभूत सेवासुविधा सुधारको आवश्यकता औंल्याएका थिए।

उम्मेदवार साहले जनताका सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेटेर क्षेत्रको दिगो विकासका लागि काम गर्ने आश्वासन दिए।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय