चुनाव :

पर्सा–३ एमाले उम्मेदवार पाण्डेयको दाबी : कामबाटै विश्वास जित्छु

बुधबार, फागुन १३, २०८२

वीरगन्ज - पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने बिन्दवासिनी गाँउपालिकाको वडा नम्बर १ र २ मा बुधबार नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले वडा नम्बर १ र २ का हरिनगर, गर्दौल र बहुअर्वामा बुधबार घरदैलो गर्दै स्थानीय मतदातासंग भेटघाट गर्दै उनिहरुका गुनासो र अपेक्षा सुनेका थिए ।

मतदातासंगको संवादका क्रममा एमाले उम्मेदवार पाण्डेयले आँफू , अरू नेता जस्तो नहुने र नगर्ने कामको झुटो आश्वासन नदिने प्रतिबद्धता व्यक्त गरे।

उनले जनताको आवश्यकता र हितका लागि विकासका सम्पूर्ण काम जितेर गएपछि पूरा गर्ने अठोट लिएको बताए ।

उनले भने,’भलै राजनीतिमा म नयाँ छु । तर पर्सा–३ का हरेक गाँउगाँउमा पुगेर वास्तविकता बुझेको छु । शिक्षा,स्वास्थ्य,कृषि र रोजगारी यहाँको मुख्य समस्या छन् ।

तीनै समस्या सामाधानका लागि मेरो मुख्य ध्यान रहनेछ ।’

पाण्डेयले स्थानीय मतदातालाई अरूको झुटो आश्वासनमा नपर्न आग्रह गर्दै आफू विजयी भएपछि स्वच्छ र स्पष्ट भिजनसहित जनताको सेवा गर्ने अवसर दिने विश्वास व्यक्त गरे। 

घरदैलोका क्रममा पुगेका पाण्डेयलाई स्थानीय युवा मतदाताहरुले स्वागत गर्दै उनलाई जिताउन दिलोज्यानले लाग्ने प्रतिबद्धतापनि जनाएका थिए ।  

घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता र कार्यकर्ताहरूकोपनि सहभागिता रहेको थियो।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय