सोसल मिडिया
हाम्रो बारेमा
वीरगन्ज - पर्साको क्षेत्र नम्बर ३ मा पर्ने बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुरमा मंगलबार नेकपा एमालेको चुनावी घरदैलो तथा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयले पार्टीका नेताकार्यकर्ताहरुका साथ बिश्रामपुरमा पुग्दा त्यहाँका स्थानीयले उनको स्वागत गर्दै समर्थन जनाएका छन् ।
घरदैलोका क्रममा जनसंवाद पनि गरेका एमाले उम्मेदवार पाण्डेयले मुलुकको विकास र समृद्धिको खाका एमालेसंग मात्रै भएकाले ढुक्क भएर एमालेलाई मतदान गर्न आग्रह गरे ।
पर्सा–३ का हरेक गाँउ र टोलमा पुगेर जनताका समस्या र अपेक्षा आँफुले बुझिसकेको भन्दै उनले भने,‘राजनीतिमा नयाँ छु । तर क्षेत्रका जनताको समस्याबारे जानकार छु ।
यहाँको कृषि, शिक्षा,स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्छु ।’ उनले आँफु अंग्ैजीमा भाषण गर्न नभई जनताको काम गर्न राजनीतिमा आएको बताए ।
एमाले उम्मेदवार पाण्डेयले जनताकोबीचमा रहेर आँफुले जनताको सेवा गर्ने वाचापनि गरे । घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेताकार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।