चुनाव :

मतदाता भेटघाटमा ई.साह व्यस्त, रास्वपालाई समर्थन गर्नेहरुको उत्साह बढ्दै

आइतबार, फागुन १०, २०८२

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं. २६ सिसवा महेशपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. अरविन्द साहको घरदैलो अभियान जारी रहेको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका साह घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

स्थानीय टोल–टोलमा पुग्दा सर्वसाधारणले उनलाई आत्मीय स्वागत गरिरहेका छन् भने युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहका साथ अभियानमा सहभागी भइरहेका छन् ।

घरदैलोका क्रममा मतदाताले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, रोजगारी र सडक पूर्वाधारका विषयमा आफ्ना समस्या राखेका छन् ।

साहले ती विषयलाई प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै पारदर्शी र जवाफदेही नेतृत्व दिने बताएका छन् ।

स्थानीय बासिन्दाले परिवर्तन र नयाँ राजनीतिक संस्कारको अपेक्षा व्यक्त गर्दै घण्टी छापप्रति समर्थन जनाइरहेका छन् ।

घरदैलोमा सहभागी रास्वपाको केन्द्रिय परिषद्का सदस्य डा. सुशिल साहका अनुसार सिसवा महेशपुर क्षेत्रमा उम्मेदवार साहप्रति देखिएको उत्साहले चुनावी माहोल थप तातेको छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा क्षेत्र नम्बर ३ का विभिन्न वडामा जारी घरदैलो कार्यक्रमले जनतासँगको सम्बन्ध थप मजबुत बनाउँदै लगेको साहको दाबी छ ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय