सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं. २० बसतपुरमा प्रतिनिधि सभा निर्वाचन केन्द्रित घरदैलो सम्पन्न भएको छ ।
बारा क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साहले स्थानीय टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका हुन् ।
घरदैलो अभियानका क्रममा उम्मेदवार साहले देशमा राजनीतिक स्थिरता, सुशासन र दिगो विकासका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताए ।
उनले पुराना शैलीको राजनीति परिवर्तन गर्न रास्वपाको जित महत्वपूर्ण रहेको उल्लेख गर्दै अबको निर्वाचनपछि बन्ने सरकारले जनतामा विकासको अनुभूति गराउने दाबी गरे ।
साहले बारा क्षेत्र नं. ३ लाई पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । विशेषगरी युवालाई लक्षित गर्दै सीप विकास र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना आफूले अघि सारेको उनले बताए ।
मतदातासँग संवाद गर्दै उनले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने दृढता जनाए ।
घरदैलोको क्रममा मतदाताले घण्टी बजाउँदै घण्टी छापमा मतदान गर्ने प्रतिक्रिया दिएका थिए ।
पुराना दल र नेतृत्वबाट अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै स्थानीयले यसपटक नयाँ विकल्पको पक्षमा मतदान गर्ने धारणा बनाएका छन् ।