सोसल मिडिया
हाम्रो बारेमा
वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने बिन्दवासिनी गाँउपालिका वडा नम्बर ५ प्रसौनीमा शुक्रबार आयोजित कार्यक्रममा तत्कालीन लोसपा तथा हालको जसपा नेपालका ३० जना नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पर्सा क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयको विशेष उपस्थितीमा आयोजित कार्यक्रममा बढई साह गोढको नेतृत्वमा ३० जना स्थानीय नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
एमाले उम्मेदवार पाण्डेयलाई समर्थन जनाउँदै एमालेमा प्रवेश गरेका उनिहरुलाई कार्यक्रममा उम्मेदवार पाण्डेयले नै अबीर टीका लगाएर पार्टीमा स्वागत गरे ।
त्यसअवसरमा पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी,पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहान लगायतकाकोपनि उपस्थिती थियो ।
त्यसअघि शुक्रबार नै बहुदरमाई नगरपालिका–१ निवासी तथा जनता समाजवादी पार्टी (जसपा) का वडा कमिटी अध्यक्ष जटाशंकर यादवपनि एमालेमा प्रवेश गरेका छन्।
रंगपुरस्थित एमाले सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा एमालेमा प्रवेश गरेका यादवलाई एमाले उम्मेदवार पाण्डेय, एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा,
पटेर्वा सुगौली गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण चौधरी , वडा अध्यक्ष फरमान अन्सारीले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।