चुनाव :

बारा ३ लाई विकास र सुशासनको नमुना क्षेत्र बनाउने ई. साहको प्रतिबद्धता

शुक्रबार, फागुन ८, २०८२

बारा। बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. अरविन्द साहको चुनावी अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ । 

आज बाराको कलैया उपमहानगरपालिका वडा नं. १८ मोतिसरमा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो ।

घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार साहले आफ्ना प्रमुख एजेण्डा, विकासका प्राथमिकता र सुशासनप्रतिको प्रतिबद्धता सार्वजनिक गरेका थिए । 

घरदैलोको क्रममा स्थानीयले उनलाई टीका, खादा र फूलमालाले स्वागत गरेका थिए भने धेरै स्थानमा युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक सहभागी भएका देखिन्थे ।

मतदाताले परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै “घण्टी छापमा मतदान गर्ने” दृढता जनाएका थिए । 

उम्मेदवार साहले छोटो सम्बोधन गर्दै भने, “हामीले राजनीति परिवर्तनका लागि होइन, जनताको जीवनस्तर परिवर्तनका लागि गरेका हौँ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्नेछु ।” उनले क्षेत्र नम्बर ३ लाई विकास र सुशासनको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्‍याए । 

घरदैलो अभियानका क्रममा रास्वपाप्रति आकर्षण बढ्दै गएको र ई. साहको समर्थनमा जनलहर तीव्र बनेको कार्यकर्ताहरूले बताएका छन्।

स्थानीय बासिन्दाको उत्साह र आत्मीयताले आगामी निर्वाचनमा घण्टी छापप्रति जनताको भरोसा झनै बलियो बन्दै गएको संकेत गरेको रास्वपाको केन्द्रिय परिषद् सदस्य डा. सुशिल साहको दाबी छ ।

 निर्वाचन नजिकिँदै जाँदा मोतिसर क्षेत्रसहित विभिन्न वडामा ई. अरविन्द साहप्रति देखिएको जनसमर्थनले क्षेत्र नम्बर ३ को चुनावी माहोल थप रोचक बन्दै गएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय