सोसल मिडिया
हाम्रो बारेमा
वीरगन्ज । नेकपा एमालेले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टीका उम्मेदवार रुपेश कुमार पाण्डेयलाई जिताउनका लागि चुनावी अभियानमा केन्द्रिय उपमहासचिव योगेश भट्टराईसहित तीन जना केन्द्रिय नेतालाई खटाउने भएको छ ।
पर्सा–३ मा एमाले उम्मेदवार पाण्डेयको जनलहर बढ्दै गएको निष्कर्ष निकाल्दै उक्त क्षेत्रमा चुनावी अभियानका लागि शीर्ष नेतृत्वले केन्द्रिय उपमहासचिव भट्टराई, अध्यक्ष केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेलाई खटाउने निर्णय गरेको हो ।
तीनै जना नेताहरु आगामी आइतबार देखि पर्सा क्षेत्र नम्बर ३ मा आएर चुनावी अभियानमा खटिने उम्मेदवार पाण्डले जानकारी दिए ।
चुनाव अवधिभर तीनै जना नेता पर्सा–३ मै रहने जानकारी पनि पाण्डेयले दिए ।
शीर्ष तहका तीन नेताको आगमन र चुनाव अवधिकर संगै रहनेभएपछि यसले पर्सा–३ मा आफ्नो जित थप सुनिश्चित हुने पाण्डेयले बताए ।
पर्सा–३ मा एमालेका हरेक चुनावी कार्यक्रममा तीन शीर्ष नेता सहभागी हुने भन्दै पाण्डेयले क्षेत्रमा संगठन र नेता कार्यकर्ताको परिचालन,
चुनावी रणनीति लगायतका काम तीनै जना नेताले आफ्नो प्रत्यक्ष निर्देशन र निगरानीमा गर्ने उनले बताए ।