निर्वाचन :

पटेर्वासुगौली–५ मा एमालेको घरदैलो तीव्र, पाण्डेय भन्छन्— विपक्षी त्रसित

बिहीबार, फागुन ७, २०८२

वीरगन्ज — पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले बिहीबार पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ का विभिन्न गाँउमा चुनावी घरदैलो गर्दै मतदातासंग संवाद गरेका छन् । 

वडा नम्बर ५ मा बिहीबार बिहान मनिहर्वा चोकबाट एमालेका नेताकार्यकर्ता तथा युवाहरुको सहभागीतामा पाण्डेयले घरदैलो कार्यक्रम सुरु गर्दै निचुटा गाँउमा पनि पुगेका थिए । त्यसक्रममा मतदातासंग संवाद गर्दै पाण्डेयले त्यहाँका विभिन्न समस्याका बारेमा जानकारीपनि लिएका थिए ।

जनसंवादकै क्रममा एमाले उम्मेदवार पाण्डेयले एमाले र आफुप्रति बढ्दो जनलहर देखेर विपक्षी दलका उम्मेदवारहरु अत्तालिएको बताए ।जसका कारण उनिहरुले आँफुविरुद्ध अनेक झुठा अफवाह फैलाउन थालेको भन्दै उनले तर यसबाट आँफु थोरैपनि विचलित नभएको बताए । 

विपक्षीहरुको जतिसुकै प्रोपागण्डाले फैलाएपनि गाँउ गाँउमा पुग्दा जनताको अपार माया र स्नेह पाइरहेको भन्दै एमाले उम्मेदवार पाण्डेयले मतदातासंग भने,‘ विपक्षीहरुले के भन्छन् त्यसको मलाई परवाह छैन । मलाई जनताहरुको आशीर्वाद र माया भए पुग्छ । जुन मैले पाइरहेको छु । यसले मेरो मनोबल झन् झन् उच्च हुदैं गइरहेको छ । 

एमाले उम्मेदवार पाण्डेयले पर्सा–३ का जनताले भोग्दै आएका कृषि, शिक्षा, स्वास्थ्य र रोजगार सम्बद्ध समस्याहरु बारे आँफु राम्रोसंग जानकार रहेको र ती समस्या समाधानका लागि आँफु लागिपर्ने वाचापनि गरे । 

घरदैलो कार्यक्रममा पटेर्वा सुगौली गाँउपालिकाका पूर्वअध्यक्ष हरिबाबु चौधरीका साथै एमालेका स्थानीय नेता, कार्यकर्ता, युवा,महिला,बृद्धबृद्धा लगायत सयौंको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय