Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
चुनाव :

पर्सा - ४ जनताको साथ जालिमतर्फ, विपक्षी बदनामको खेलमा व्यस्त

पर्सा - पर्सा क्षेत्र नम्बर–४ मा नेकपा एमालेका उम्मेदवार जालिम मियाको बढ्दो जनसमर्थनले चुनावी माहोल तातेको छ।

घरदैलो अभियान, टोल–टोलमा भेटघाट तथा स्थानीय सरोकारका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेसँगै मियाप्रति मतदाताको आकर्षण बढ्दो देखिएको छ।

पछिल्लो केही दिनयता क्षेत्रको विभिन्न वडामा आयोजित कार्यक्रममा उल्लेख्य उपस्थिति देखिएपछि विपक्षी दलहरू दबाबमा परेको बताईन्छ।

उम्मेदवार मियाले आफू विकास, रोजगारी र आधारभूत सेवाको सुधारलाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको बताउँदै आएका छन्।

“हामी नकारात्मक प्रचार होइन, कामको एजेन्डा लिएर जनतामाझ गएका छौं,” उनले एक कार्यक्रममा भने।

स्थानीय बासिन्दाहरूका अनुसार मियाले विगतदेखि नै सामाजिक काममा सक्रिय भूमिका खेलेका कारण उनीप्रति विश्वास बढेको हो।

युवाहरूको सहभागिता उल्लेख्य देखिनु उनको अभियानको अर्को विशेषता बनेको छ।

यता, मियाको लोकप्रियता बढेसँगै सामाजिक सञ्जालमा विभिन्न आरोप–प्रत्यारोप सुरु भएको छ। एमालेका कार्यकर्ताहरूले विपक्षीहरूले भ्रम फैलाउने प्रयास गरेको आरोप लगाएका छन्।

उनीहरूले बदनाम गराउने उद्देश्यले अनेक हत्कण्डा अपनाइएको दाबी गरेका छन्। चुनाव नजिकिँदै जाँदा यस्ता गतिविधि बढ्नु अस्वाभाविक होइन।

तर अन्ततः मतदाताले उम्मेदवारको विगत, काम गर्ने शैली र भविष्यको योजना हेरेर निर्णय गर्ने बताइन्छ।

पर्सा–४ मा यसपटक प्रतिस्पर्धा कडा हुने संकेत देखिए पनि जालिम मियाको अभियानले चुनावी समीकरण बदल्न सक्ने चर्चा चुलिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्