Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
निर्वाचन :

पार्टी परिवर्तनको लहर: पर्सा–१ मा एमालेको पक्षमा माहोल, प्रदीप यादव उदीयमान

वीरगंज - वीरगंज महानगरपालिका वडा नं. १३ मा आयोजित एक कार्यक्रमबीच जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी सयौं नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) मा प्रवेश गरेका छन्।

कार्यक्रममा जसपा नेपालका भोला अंसारी, नबी रसूल अंसारी र मुन्ना अंसारीलगायतका युवा नेताहरूको नेतृत्वमा करिब सय जनाको संख्यामा नेता–कार्यकर्ता एमालेमा समाहित भएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादव तथा नेकपा एमालेका केन्द्रीय नेताहरूले नवप्रवेशीहरूलाई फुल माला र गमछा लगाएर स्वागत गरेका थिए।

उम्मेदवार यादवले देश विकास, सुशासन र ‘समृद्ध नेपाल’को साझा लक्ष्यलाई आत्मसात गर्दै नेताहरू पार्टीप्रति प्रतिबद्ध भएको बताए। सचेत र ऊर्जावान युवाहरूको आगमनले विकास अभियानलाई अझ बलियो बनाएको उल्लेख गर्दै उनले सबैको एकता, सामूहिक प्रयास र दृढ संकल्पबाट जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणको यात्रामा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रदीय यादव उम्मेदवार बनेपछि निरिन्तर अन्य पार्टी परित्याग गरी नेताहरु एमाले प्रवेश गरि रहेका कारण पार्टी र उम्मेदवार झनै सशक्त बन्दै गएको एमालेका नेताहरुले दावी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्