चुनाव :

“जनताको घरदैलोमा उम्मेदवार पाण्डेय” – सुख–दुःखमा सँगै रहने प्रतिबद्धता

आइतबार, फागुन ३, २०८२

वीरगंज - पर्सा क्षेत्र नम्बर–३ अन्तर्गत सखुवापर्सौनी गाउँपालिका वडा नम्बर–५ महुवनमा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार रुपेश कुमार पाण्डेयले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
 
कार्यक्रमका क्रममा उम्मेदवार पाण्डेयले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै आफू कृषक, युवा तथा व्यवसायीको समस्या समाधानमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे।
 
उनले भने, “माछापालन, कुखुरा फार्म व्यवस्थापनदेखि सबै क्षेत्रको विकास मेरो प्राथमिकता हो। सुख–दुःखको साथी बनेर सधैं जनताको साथमा रहनेछु।

यस क्षेत्रमा भएका विकास कार्य राम्रो छन्, अब बाँकी विकासलाई अझ तीव्र रुपमा अगाडि बढाउने इच्छा छ।”
 
पाण्डेयले प्रत्येक समस्याको समाधानका लागि आफू अग्रसर रहने र जनताको भरोसामा काम गर्ने पनि बताए।
 
यसै अवसरमा पूर्वमन्त्री प्रमोद जैसवालले पनि उम्मेदवार पाण्डेयलाई पूर्ण रुपमा जनसमर्थन गर्न आग्रह गर्दै एमाले नेतृत्वमा मात्रै स्थायी विकास सम्भव हुने धारणा राखेका थिए।
 
स्थानीयवासीको उल्लेख्य सहभागितासहित कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय