सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज - वीरगंज महानगरपालिका वडा नं. ३० मा जसपा पर्साका नेता मनोज साह कानुसहित करिब १०० जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।
वडा नं. ३० मा आयोजित वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरूले जसपा परित्याग गरी एमाले रोजेका हुन्।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवसहित पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरूले फुलमाला र अविर लगाई स्वागत गरेका थिए।
पार्टी प्रवेशपछि नवप्रवेशी नेताहरूले पर्साको विकास र समृद्धिका लागि दृढतापूर्वक काम गर्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै प्रदीप यादवको नेतृत्वमा आफूहरू एमालेमा आवद्ध भएको बताए।
उनीहरूले आगामी दिनमा पार्टीलाई थप सुदृढ बनाउँदै जनताको पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए।
वडा नं. ३० मा मनोज साह कानुको प्रवेशसँगै सो क्षेत्रमा एमाले अझ सशक्त र संगठित भएको नेताहरूले दाबी गरेका छन्।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उर्मिला देवकोटा, विजय सरावगी, पर्सा जिल्ला सचिव महेश दास, मानदेव हजरा, सुन्दर कुर्मी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार प्रदीप यादवले आफू जनताको सुख–दुःखमा सधैं साथ दिँदै आएको उल्लेख गर्दै विकास र समृद्धिका सवालमा कहिल्यै पछि नहट्ने दाबी गरे।
उनले चुनावको समयमा मात्र देखा पर्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गर्दै मतदातालाई नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे।