Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
चुनाव :

वीरगन्जको कृषी औजार कारखाना पुर्ण रुपमा संचालन गर्न प्रतिबद्ध रहने छु- उम्मेदवार सरार्फ

वीरगंज - पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फ वीरगन्ज वडा नम्बर -१४ पिप्रामा घरदैलो,भेटघाट तथा संवाद गरेका छन्।

भेटघाटको क्रममा नेता सरार्फले तराई मधेसको मुल आय श्रोत कृषि रहेको तर राज्यले किसान संग सधै विभेद गर्दै आएकोले जनमत पार्टी किसानहरुको सम्मान र अधिकारको लागी सदैव तत्पर रहेको बताए।

खेती किसानिलाई आधुनिकीकरण र ब्वयसायीक बनाएर  आम्दानीको श्रोत बढाउने योजना जनमत पार्टी संगै मात्र रहेको सरार्फले जिकिर गरे। त्यसैगरी वीरगन्ज स्थित कृषि औजार कारखाना पुर्ण रुपमा सन्चालन गर्न प्रतिबद्ध रहने छु।

देश र मधेसको निकासको उत्कृष्ट विजन जनमत पार्टी र डा सिके राउत संग मात्रै रहेकोले हर्न छापमा मतदान गर्न सबैमा अपिल गरे।

कार्यक्रममा नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, ,समानुपातिक उम्मेदवार बिजय पासवान, डा.मनोज कुमार ,सिए देवराज,श्याम शंकर चौरसिया,  अनिता रौनियार, 

सिकेन्द्र पटेल ,रोहित पटेल ,सत्युग साह, तुल्सि राम,सहनवाज राकि, अजित सिह, मन्जय शर्मा,सुमित सिह ,रामबहादुर पासवान लगायतको सहभागीता रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्