सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज - पर्सा क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेसँगै नेपाली काँग्रेसका उम्मेदवार अनिल रुंगटाको घरदैलो अभियान तीव्र बनेको छ।
तर स्थानीय मतदाताले उनको सक्रियतालाई लिएर गम्भीर प्रश्न उठाएका छन्।
उनीहरूको आरोप छ—जनताको समस्या लिएर जाँदा ढोका बन्द हुने, तर चुनाव आउँदा आफैं घरदैलोमा पुग्ने शैली विश्वासयोग्य हुन सक्दैन।
स्थानीय बासिन्दाहरू भन्छन् कि विगतमा बेरोजगारी, सडक, खानेपानी र अन्य आधारभूत समस्यामा पहल खोज्दा प्रभावकारी साथ नपाइएको गुनासो छ।
“हामी समस्या लिएर जाँदा भेट्न समय मिल्दैन भनिन्थ्यो, अहिले भने घर–घरमा पुगेर समर्थन माग्दै हुनुहुन्छ,” वीरगंज- १५ का स्थानीय मतदाताले असन्तुष्टि व्यक्त गरे।
रुंगटाले चुनावी सभामा विकास, रोजगारी र लगानी भित्र्याउने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्। तर आलोचकहरूका अनुसार जनतासँग निरन्तर सम्पर्क र जिम्मेवारी देखिनु नै नेतृत्वको मापदण्ड हो। चुनावी समयमा मात्र सक्रिय देखिनु मौसमी राजनीति भएको उनीहरूको आरोप छ।
युवाहरूले विशेषगरी रोजगारीको विषयमा प्रश्न उठाएका छन्। “भाषणमा अवसरको कुरा हुन्छ, तर व्यवहारमा निरन्तर साथ देखिँदैन,” उनीहरूको भनाइ छ।
रुंगटाका आफनै उधोग जग शक्ति स्टिलमा नेपाली भन्दा बढी भारतीय कामदारलाई प्राथमिक्ता दिईएका छन तर चुनावी भाषणमा नेपाली युवालाई रोजगार दिने सपना बाडछन,भनाई र गराईमा जमिन आसमानको फरक रहेको स्थानीय बताउछन ।
अहिलेको डिजिटल दुनियामा मतदाता सचेत र सजग छन्। उनीहरू उम्मेदवारको विगतको भूमिकालाई आधार मानेर मूल्यांकन गरिरहेका छन्। भाषण र व्यवहारबीचको अन्तरले विश्वसनीयतामा सीधा प्रभाव पार्ने उनीहरूको विश्लेषण छ।
चुनाव नजिकिँदै जाँदा घरदैलो अभियान अझ तीव्र बन्ने देखिन्छ। तर अन्ततः जनताले निरन्तर साथ दिने नेतृत्व रोज्छन् कि चुनावी सक्रियतालाई मात्र पर्याप्त ठान्छन्, त्यसको निर्णय मतपेटिकाले नै गर्नेछ।