चुनाव :

घरदैलो अभियानमा रुपेश पाण्डेय निरन्तर, पर्सा–३ मा जनसम्पर्क सशक्त

शुक्रबार, फागुन १, २०८२

वीरगञ्ज - पर्सा क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डेयले चुनावी प्रचार अभियानलाई थप तीव्र बनाउँदै आज पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।

उम्मेदवार पाण्डेयले आज लहावरथकरि र मैनपुर क्षेत्रमा घरदैलो गर्दै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।

घरदैलोका क्रममा उनले जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै एमालेले अघि सारेका विकास र समृद्धिका योजनाबारे समेत जानकारी गराएका थिए।

स्थानीयवासीहरूले उम्मेदवार पाण्डेयप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै विकास, रोजगारी ,कृषि र क्षेत्रको समग्र उन्नतिका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्।

पाण्डेयले जनताको साथ र विश्वासले आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तर अगाडि बढाइने बताए।

नेकपा एमालेले पर्सा क्षेत्र नं. ३ मा संगठन विस्तारसँगै चुनावी माहोल थप मजबुत बन्दै गएको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय