चुनाव :

पर्सा–३ का गाँउगाउँमा पुगेर जनसंवाद गर्दै एमाले उम्मेदवार पाण्डेय

बिहीबार, माघ २९, २०८२

वीरगन्ज- पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालले फागुन २१ को निर्वाचन लक्षित जनसम्पर्क अभियानलाई तिब्रताका साथ अगाडि बढाएको छ । 

उक्त क्षेत्रबाट एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयसंगै एमालेका नेताकार्यकर्ताहरु प्रत्येक वडामा पुगेर मतदातासंग सम्पर्क गर्दै संवादपनि गरिरहेका छन् । 

यसैक्रममा बिहीबार पनि एमालेका अगुवा नेताकार्यकर्तासंगै उम्मेदवार पाण्डेय पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ३ र ४ मा पुगे ।

बिहीबार बिहान पकहाँ, श्यामपुर, बेलाहा, खेस्राहा, धोबिया टोल, छोटका लहावर थकरी लगायतका गाँउमा  पुगेर घरदैलो गरेका पाण्डेयले मतदाताहरुलाई भेटेर उनिहरुका अपेक्षा र आवश्यकता ध्यानपूर्वक सुने । 

मतदातासंगको संवादका क्रममा एमाले उम्मेदवार पाण्डेयले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आँफु जनताकै माझमा रहेर काम गर्ने वाचा गरे ।

पर्सा क्षेत्र नम्बर ३ को समग्र विकासका लागि आँफु जनसेवक भएर काम गर्ने प्रतिबद्धतापनि उनले मतदातासामु जनाए । 

घरदैलो कार्यक्रममा एमाले नेताहरु तेजप्रकाश निषाद,धामु शर्मा, अकलेश साह, पूर्व गाँउपालिका अध्यक्ष विजय चौरसियाका साथै युवाहरुको पनि सहभागिता थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय