सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज। पर्सा क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयकुमार चौरसियाले पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरमा घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन्।
घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै कांग्रेस नेतृत्वमा मात्रै जनताको हितमा काम हुने विश्वास व्यक्त गरे।
उनले विकास, रोजगारी, शिक्षा तथा कृषिलाई आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै आगामी दिनमा जनताको आवश्यकता र सुझावअनुसार काम गर्ने प्रतिबद्धता जनाए।
पुर्वमन्त्री समेत रहेका उम्मेदवार चौरसियाले लोकतन्त्र, समावेशी विकास र सुशासनका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको धारणा राख्दै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन स्थानीय मतदातासँग आग्रह गरेका थिए।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको विशेष उपस्थिति रहेको थियो।
साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरूप कुर्मी, सक्रिय नेता तथा कार्यकर्ताहरू नितेन्द्र साह, विश्वमोहन दास थारु, जयराम दास थारु, विनोद ठाकुर, नन्दु चौधरी, शैलेन्द्र चौधरी र शिवनारायण राम लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले उत्साहजनक सहभागिता जनाउँदै उम्मेदवार चौरसियाप्रति समर्थन बढ्दै गएको संकेत देखिएको सहभागीहरूले बताएका छन्।