सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज - रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बुधबार दिउँसो वीरगन्ज आइपुगेका थिए ।
कलैयाबाट प्रतिमा चोकहुँदै वीरगन्ज प्रवेश गरेका शाह करिब आधा घण्टा वीरगन्जमा रोकिएका थिए ।
प्रतिमा चोकबाट बसपार्क, छपकैंया, घण्टाघर आइपुगेका शाहलाई घण्टाघरमा भिडले घेरेको थियो । दिउँसो डेढ बजे उनी वीरगन्ज आउने भनिए पनि करिब डेढ घण्टापछि वीरगन्ज प्रवेश गरेका थिए ।
गाडीभित्रैबाट उनले स्थानीयलाई अभिवादन गरेका थिए । त्यसक्रममा उनले घण्टी बजाएका थिए । वीरगन्जमा उनी गाडीबाट कही पनि ओर्लिएनन् ।
कतै पनि उनले भाषण गरेनन् । घण्टाघर चोकबाट उनी सोझै बाराको सिमरातर्फ लागेका थिए । बुधबार बिहानैदेखि उनी मधेश प्रदेशका जिल्लाहरूको दौडाहामा थिए ।
सर्लाहीको लालबन्दी, रौतहटको चन्द्रपुर, बाराको निजगढ, कलैया र त्यसपछि उनी वीरगन्ज आइपुगेका थिए ।