सोसल मिडिया
हाम्रो बारेमा
पर्सा —पर्सा क्षेत्र २ बाट नेपाली काँग्रेसका उम्मेदवार अजय कुमार चौरसीयाले घरदैलो अभियानलाई तिब्रता दिएका छन । आफनो क्षेत्रको वडाहरुमा जनता दर्शन कार्यक्रम अन्तर्गत उममेदवार चौरसियाले मतदाता भेटघाटलाई निरन्तरता दिएका छन ।
२०५६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका कांग्रेस नेता चौरसियालाई जनताको दुःख–पीडा सुनेर समाधानतर्फ पहल गर्ने जनप्रिय नेताका रूपमा चिनिन्छ।
लामो समयदेखि राजनीतिक यात्रामा सक्रिय चौरसियाले जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या बुझ्ने र त्यसको सम्बोधन गर्न निरन्तर प्रयास गर्दै आएका छन्। हाल निर्वाचन अभियानअन्तर्गत उनी आफ्नो क्षेत्रमा घरदैलो तथा जनसम्पर्क कार्यक्रममा सक्रिय देखिएका छन्।
नेता चौरसिया पटक–पटक सांसद तथा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। सांसद र मन्त्री रहँदा उनले यस क्षेत्रको समग्र विकासका लागि विभिन्न योजनाहरू अघि बढाउन महत्वपूर्ण पहल गरेका थिए।
सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा विकासको मार्गचित्र तयार गर्दै उनले संघीय संसदमा निरन्तर आवाज उठाउँदै आएका छन्। क्षेत्रका जनताको आवश्यकता र चाहनालाई संसदसम्म पुर्याउने नेता रूपमा उनी परिचित छन्।
हालै जेनजी आन्दोलनका क्रममा उनको घर जलेर क्षति भए तापनि नेता चौरसियाले कुनै प्रकारको विरोध वा आक्रोश व्यक्त नगरी संयमित व्यवहार प्रदर्शन गरेका छन्।
व्यक्तिगत क्षतिलाई राजनीतिक द्वन्द्वमा नल्याई उनले शान्ति, सहिष्णुता र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिएको स्थानीयवासीले बताएका छन्। यस्तो घटनापछि पनि उनी चुनावी घरदैलो अभियानमा सक्रिय रहँदै जनतासँग भेटघाट गरिरहेका छन्।
घरदैलो कार्यक्रमका क्रममा नेता चौरसियाले विकास, स्थायित्व र सुशासन आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्। जनताको विश्वास र समर्थनबाट मात्र समृद्ध क्षेत्र निर्माण सम्भव हुने भन्दै उनले निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गरेका छन्।
लामो राजनीतिक अनुभव, विकासप्रतिको प्रतिबद्धता र संयमित नेतृत्व शैलीका कारण स्थानीय जनताबीच चौरसियाप्रति विश्वास अझ बलियो बन्दै गएको देखिन्छ।