सोसल मिडिया
हाम्रो बारेमा
बारा । बारा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. अरविन्द साहले आज कलैया उपमहानगरपालिका वडा नं. २५ अन्तर्गत सिसहनिया र ढोरिया टोलमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।
घरदैलोका क्रममा उनले स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताएका छन् ।
विशेषगरी युवापुस्ताको अवसर अभाव, वैदेशिक रोजगारीको बाध्यता तथा सीपमूलक तालिमको आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
यसअघि विभिन्न स्थानमा जेनजी युवासँग गरिएको छलफलको सन्दर्भ उल्लेख गर्दै साहले युवाको आवाज नीतिगत तहसम्म पुर्याउने र उद्यमशीलता प्रवर्द्धनमा जोड दिने बताएका छन् ।
साथै, वडा इकाईमार्फत पार्टी संगठन सुदृढ गर्दै जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने रणनीतिबारे पनि उनले मतदातालाई जानकारी गराएका थिए ।
घरघरमा पुगेर साहले आफ्ना योजना सुनाउँदै आगामी निर्वाचनमा घण्टी छापमा मतदान गर्न आग्रह गरेका छन् ।
मतदाताले सडक, खानेपानी, कृषि तथा युवा अवसरसम्बन्धी समस्या र सुझावसमेत राखेका थिए ।
चुनावी अभियानलाई तीव्र बनाउँदै उम्मेदवार साहले विभिन्न टोल तथा बस्तीमा घरदैलो, अन्तरक्रिया र छलफल कार्यक्रमलाई निरन्तरता दिने उनको टोलीले जनाएको छ ।