सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फ वीरगन्ज वडा नम्बर -३२ टेढा र रामवनका स्थानीय मतदाता संग भेटघाट एवं संवाद गरेका छन्।
भेटघाटको क्रममा नेता सरार्फले वीरगन्जको ग्रामीण वडाहरु बिकासको आधारभूत पुर्वाधारबाट समेत बन्चित रहेको र गाउँहरुलाई जनप्रतिनिधिहरुले ठगेको आरोप लगाए ।
आफु निर्वाचित भए यो वडाहरुको बिकास र समृद्धिको लागी बिशेष प्याकेज ल्याउने उदघोष गर्नु भयो।
देश र मधेसको निकासको उत्कृष्ट विजन जनमत पार्टी र डा सिके राउत संग मात्रै रहेकोले हर्न छापमा मतदान गर्न सबैमा अपिल गरे।
कार्यक्रममा नेताहरू , डा. मनोज कुमार,नजमा खातुन ,सिए देवराज,महादेव शर्मा,निराजन कुशवाहा, ,सहनवाज राकि, अजित सिह, मन्जय शर्मा,सुमित सिह ,नागेन्द्र गुप्ता,हाजारी साह लगायतको सहभागीता रहेको थियो।