प्रतिनिधिसभा निर्वाचन :

रास्वपा उम्मेदवार कानुको घरदैलोमा नारा 'अबको परिवर्तन युवाको नेतृत्व'

बुधबार, माघ १४, २०८२

पर्सा । पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजना गरिएको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

युवाहरू तथा स्थानीय जनमानसको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

स्थानीय तहमा पार्टीको संगठन विस्तार तथा जनसम्पर्क सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको यस घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने नारासहित स्थानीय बासिन्दा तथा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

घरदैलो कार्यक्रमका क्रममा पार्टीका प्रतिनिधिहरूले विन्दवसनी क्षेत्रका विभिन्न टोल तथा बस्तीहरूमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरेका थिए।

भेटघाटका क्रममा स्थानीयहरूले आफूले भोग्दै आएका समस्या, विकाससम्बन्धी चुनौती, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधारसँग जोडिएका विषयहरूमा खुलस्त रूपमा आफ्ना धारणा र सुझावहरू प्रस्तुत गरेका थिए।

पार्टी प्रतिनिधिहरूले ती गुनासा तथा सुझावहरूलाई गम्भीरतापूर्वक सुन्दै आगामी दिनमा नीतिगत तथा कार्यक्रमगत रूपमा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नीति, सिद्धान्त तथा भावी योजनाबारे पनि स्थानीय जनतालाई जानकारी गराएको थियो।

पारदर्शी शासन, सुशासन, जवाफदेही राजनीति र जनताको अपेक्षा अनुसारको विकास नै पार्टीको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै पार्टी नेतृत्वले जनतासँग प्रत्यक्ष संवादलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको थियो।

पार्टीका अनुसार यस्ता घरदैलो कार्यक्रमहरूले जनताको वास्तविक समस्या बुझ्न तथा समाधानमुखी प्रभावकारी नीति निर्माण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने पार्टीको योजना रहेको जनाइएको छ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय