चुनावी घरदैलो :

नयाँ राजनीतिक संस्कार स्थापना गर्न रास्वपालाई मतदान : उम्मेदवार चन्दन सिंह

बुधबार, माघ १४, २०८२

बारा । बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन सिंहले स्वर्ण गाउँपालिकाको वडा नम्बर ७  बहुअर्वा, चौरहिया र सनफुलवामा घरदैलो तथा स्थानीय युवाहरूसँग भेटघाट तथा छलफल गरेका छन् ।

छलफलका क्रममा युवाहरूले रास्वपासँग स्वतःस्फूर्त रूपमा जोडिँदै चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनीहरूले आगामी निर्वाचनमा घण्टी छापलाई जिताउन जनमत निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले युवाहरूको बढ्दो समर्थनले परिवर्तनको आशा देखिएको बताए ।

“निराश राजनीतिबाट बाहिर निस्कन युवाहरू रास्वपासँग जोडिएका छन्,” उनले भने, “हामी मिलेर नयाँ राजनीतिक संस्कार स्थापना गर्नेछौँ ।”

स्थानीय युवा विवेक सिंहले रास्वपाले मात्रै वास्तविक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । “अब युवाले नेतृत्व खोजेको छ, र त्यो विकल्प रास्वपामा भेटेका छौँ,” उनले बताए ।

भेटघाट कार्यक्रम पार्टीमा युवाहरूलाई स्वागत र एकताको सन्देशसहित सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय