निर्वाचन :

प्रतिनिधिसभा निर्वाचन : पर्सामा ४ निर्वाचन क्षेत्रका लागी १ सय ६ जनाको मनोनयन दर्ता

बुधबार, माघ ७, २०८२

पर्सा। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाको ४ निर्वाचन क्षेत्रमा १ सय ६ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

पर्सा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका अनिल कुमार रुंगटा, नेकपा एमालेका प्रदीप यादव, कम्युनिस्ट पार्टी (नेकपा) का अजय चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धि प्रसाद पन्त, उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह र जनता समाजवादी पार्टी, नेपालका रामनरेश यादव लगायत ३० जनाले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै पर्साको २ क्षेत्र नम्बरमा नेपाली काँग्रेसका अजय कुमार चौरसिया, एमालेबाट रिमा कुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुशील साह कानु, जनता समाजवादी पार्टी अशोककुमार टेमानी लगायत ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यता पर्सा क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् ।

जसमध्ये पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, जनमत, रास्वपा, नेकपा उज्यालो नेपाल र राप्रपा सहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेबाट रुपेश पाण्डे, नेपाली काँग्रेसबाट सुरेन्द्र प्रसाद चौधरी, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसीयाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उज्यालो नेपालबाट रामरुप साह कानु सहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा २४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, जनमत, रास्वपा, नेकपा उज्यालो नेपाल र राप्रपा सहित विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेबाट जालिम मियाँ मन्सुरी, नेपाली काँग्रेसबाट रमेश रिजाल, नेकपाबाट जयप्रकाश थारु, रास्वपाबाट टेकबहादुर शाक्य, कृपासिन्धु प्रसादले जसपा, नेपालबाट मनोनयन दर्ता गराएका छन् ।

यस्तै उज्यालो नेपालबाट बिनोद यादव सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।पर्सामा कुल तीन लाख ७६ हजार ५१३ मतदाता छन् ।

यसअघि ०७९ को निर्वाचनमा जिल्लामा कुल तीन लाख ५२ हजार ४८४ मतदाता रहेकामा २४ हजार २९ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले जानकारी दिइन् ।

रौनियारका अनुसार यसपटक पर्सामा महिला एक लाख ६४ हजार ४२१ र पुरुष दुई लाख १२ हजार ७७ र ‘अन्य’ मतदाता संख्या १५ रहेको छ । जिल्लामा ४४१ मतदान केन्द्र र १६७ मतदातस्थल छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा कुल ८९ हजार ६३८ मतदाता, ३४ मतदानस्थल र १०३ मतदान केन्द्र छन् । ‘अन्य’ लिंगी मतदाता दुईजना छन् ।

क्षेत्र नम्बर २ मा कुल ९५ हजार १२० मतदाता, ३८ मतदानस्थल र ११० मतदान केन्द्र छन् । तीन ‘अन्य’ लिंगी मतदाता छन् ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ मा ९६ हजार ५४२ कुल मतदाता रहँदा ४७ मतदानस्थल र ११४ मतदान केन्द्र छन् । चारजना ‘अन्य’ लिंगी मतदाता छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ मा कुल ९५ हजार २१३ मतदाता (६ अन्य लिंगी), ४८ मतदानस्थल र ११४ मतदान केन्द्र छन् ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय