समसामयिक :

छिमेकी देशका पर्यटक भन्सार बिन्दुमा शुल्क तिरेपछि नेपालभित्र थप कुनै शुल्क नलाग्ने

बुधबार, मंसिर १७, २०८२

वीरगञ्ज । नेपाल प्रवेश गर्ने छिमेकी देशका पर्यटक सवार सवारीसाधनसँग भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि नेपालभित्र थप कुनै शुल्क नलिने भएको छ।

अन्तरसरकारी वित्त परिषद्को बैठकले यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयका अनुसार छिमेकी देशका पर्यटकलाई नेपाल भ्रमणमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले यो निर्णय गरिएको हो।

अब तोकिएको म्यादसम्म अस्थायी पैठारी शुल्क तिरेका सवारीसाधनलाई देशभर निर्वाध रूपमा आवागमन गर्न दिने व्यवस्था गरिएको छ।

पर्यटन व्यवसायीहरूले विभिन्न तहका सरकारी निकायले विदेशी पर्यटक सवारीसाधनबाट अतिरिक्त शुल्क लिने गरेको गुनासो गर्दै आएका थिए।

नयाँ निर्णयले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।यस्तै, परिषद्को बैठकले प्रदेशहरूका वित्तीय तथा राजस्वसम्बन्धी कानुनमा एकरूपता ल्याउन आवश्यक कदम चाल्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय