खाद्यान्न संकट :

गाजामा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुग्यो

आइतबार, साउन २५, २०८२

काठमाडौं । गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् ।

इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ ।

स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीबाट गाजामा ३८ जनाको मृत्यु भएको छ भने ४९१ जना घाइते छन् ।

हमासलाई निमिट्यान्न पार्न भन्दै इजरायलले ७ अक्टुबर सन् २०२३ देखि सुरु गरेको आक्रमणबाट हालसम्म ६१ हजार भन्दा धेरैको मृत्यु भइसकेको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजा सहर नियन्त्रणमा लिनुअघि इजरायलले त्यहाँका बासिन्दालाई ७ अक्टुबर २०२५ भित्र शहर खाली गर्न भनेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय