सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । सरकारले आतंकवादविरुद्धको लडाइँमा नेपालले सधै साथ दिने बताएको छ।
बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको’ बताएको हो।
छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने समेत सरकारले प्रतिबद्धता जनाएको छ।
नेपालले भनेको छः
नेपाल सरकार भारतको पहलगाममा २२ अप्रिल २०२५ मा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान बीच चर्किंदै गएको तनावप्रति निकै चिन्तित छ।
उक्त दुःखद घटनामा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य ज्यान गुमाएका थिए। यस दुःखद घडीमा नेपाल र भारत एक आपसमा ऐक्यबद्धतासाथ उभिएका थिए।
यस सन्दर्भमा सम्झन योग्य कुरा के छ भने नेपालले उक्त बर्बर आतंकवादी आक्रमणको तत्कालै स्पष्ट रुपमा निन्दा गरेको थियो, जुन सबै प्रकारका आतंकवाददविरुद्धको नेपालको दृढ धारणा अनुरूप हो।
नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँगै उभिन्छ। आफ्नै सिद्धान्तमा अडिग रही, नेपालले कहिल्यै पनि आफ्नो भूमि छिमेकी मुलुकहरूविरुद्ध प्रयोग हुन दिने छैन।
नेपालले तनावको स्थिति शान्त होस् भन्ने आशा राखेको छ र यस क्षेत्रको दिगो शान्ति र स्थायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दछ।