खेलकूद :

वीरगन्ज गोल्डकप : संकटा फुटबल क्लबलाई पराजित गर्दै सिरहा बिजयी

आइतबार, फागुन १८, २०८१

वीरगञ्ज । दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको दोस्रो दिनको खेलमा सहलेश फुटबल क्लब सिरहाले ट्राईबेकरमा आफ्नो पहिलो जित निकालेको छ । 

शनिबार देखि आर्दशनगर रंगशालामा जारी खेलमा सहलेश फुटबल क्लब सिरहाले ५–४ गोलअन्तरले संकटा फुटबल क्लब काठमांडौलाई पराजित गरेर ट्राईबेकरमा  जित निकालेको हो । 

खेलको ९० मिनेटको निर्धारित समय सक्दा पनि बिना गोल दुबै टिम बराबरी खेलेपछि खेल ट्राईबेकरमा  धकेलिएको थियो । 

ट्राईबेकरमा  संकटाका कप्तान सुदिप गुरुङ्ग ,राजिव लोपचन ,ईसेरिङ्ग लामा र सोम कर्लोसले गोल चुमाउँदा राम थापा बाहिर हानेका थिए । 

यस्तै ट्राईबेकरमा सहलेश फुटबल क्लबका खेलाडी एमबाउन अनिसेट , सुमित श्रेष्ठ , अमन लामा , शिसिस लेखी र जय गुरुङ्गले बललाई पोष्टमा हानेर गोल गरेका थिए ।

ट्राईब्रेकरमा उत्कृष्ट बचाउ गरेर टिमलाई जित दिलाएका सहलेश फुटबल क्लबका गोलकिपर बिशाल सुनार घोषित भए । उनले नगद १० हजार सहित शिल्ड पनि पाएका थिए । 

सोमबारको खेलमा नेपाल पुलिस क्लब र बाग्मति फुटबल क्लब सर्लाही भिड्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउने छन । 

अब प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगन्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । 

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय