Tihar Banner
Tihar Banner
नेभिगेशन
अर्थ वाणिज्य
समसामयिक :

एमाले प्रचार विभागको सचिवमा पाण्डे मनोनित

काठमाडौं । नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ । विभागको सचिव रहेका गगन विष्ट सूचना आयोगका सदस्य नियुक्त भएपछि यो पद रिक्त थियो ।

पाण्डे हाल पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको उपाध्यक्ष छन् । उनलाई प्रचार विभागको सचिव मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

आइतबार बसेको सचिवालय बैठकमा रिक्त रहेका विभागको सदस्यहरूलाई पूर्णता दिने कार्यसूची थियो । तर, धेरै सदस्यहरूको नाम सिफारिस भएकाले आज त्यसबारे कुनै निर्णय नभएको एक पदाधिकारीले बताए ।

तर, दुई वटा विभागका सचिव भने मनोनयन गरिएको छ । पार्टीको स्थानीय विभागको सचिवमा नवराज गेलाल मनोनित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्