नेभिगेशन
समाज
सिन्दूर आयात :

७ महिनामा नेपाल भित्रियो ९० लाखको सिन्दूर

चीन र भारतबाट ८९ लाख ९७ हजार रुपैयाँको सिन्दूर आयात

वीरगञ्ज । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा करिब ९० लाख रुपैयाँ बराबरको सिन्दूर आयात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चीन र भारतबाट ८९ लाख ९७ हजार रुपैयाँको सिन्दूर आयात भएको हो ।

भारतबाट गत साउनदेखि माघ मसान्तसम्म ८९ लाख ६९ हजार रुपैयाँको ४५ हजार ६ सय ४३ किलो सिन्दूर आयात भएको छ भने भने चीनबाट ८० किलो सिन्दूर २८ हजार रुपैयाँमा आयात भएको छ ।

भारत र चीनबाट आयात गरिएको सिन्दूरबाट सरकारले २८ लाख २८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।साभार अनलाईन खबर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्