सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । पूर्व प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी पूर्व प्रहरी निरीक्षक कुशवाहालाई जसपाका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले एक विशेष कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश गराउँदै मन्त्री यादवले कुशवाहाको आगमनले पार्टीलाई अझै सशक्त बनाएको बताए ।
उनले भने, "अरुण कुमार कुशवाहा जस्तो अनुभवी र अनुशासित व्यक्तित्वको सहभागिताले जसपाको संगठनलाई नयाँ उचाइमा पुर्याउनेछ।
उहाँको अनुभवले हाम्रो नीति र कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मद्दत पुर्याउनेछ।"
सो अवसरमा जसपाका नेता तबरेज अहमद, मुकेश द्विवेदी, पुरुषोत्तमलाल झा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।