राजनीति :

कांग्रेस मानोस नमानोस सदन चल्छ : ओली

शुक्रबार, जेठ ४, २०८१

वीरगंज। नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमंत्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्ता बाहिर रहेर अतालिएको बताएका छन । 

नेकपा एमाले पर्साको नवनिर्वाचित पदाधिकारिहरूको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस सरकार बाट हटेर सहिनसकनु भएकोले आतिने र जे पायो त्यही कराउने गरेको आरोप लगाएका छन।

उनले कांग्रेस झुठ बाहेक केही नबोल्ने गरेको आरोप लगाए। कांग्रेसले संसदमा संसदीय मर्यादा विपरीत गएर सभामुखलाई गाली गरेको समेत आरोप लगाए।

कांग्रेस संसदमा अभद्र तरिकाले प्रस्तुत भएको उनले आरोप लगाए। नेकपा एमाले विपक्षमा हुदा जायज कुरा उठाएर संसदीय मर्यादामा रहेर प्रस्तुत भएको बताउदै कांग्रेसले माने पनी नमाने पनी हामी सदन चलाउछौ उनले भने।

संसद संग कम समय रहेकोले जेठ १५ गते निती तथा कार्यक्रम पेश गर्नु पर्ने भएकोले कांग्रेस नमाने पनी सदन चलाउने उनले बताए ।

सपथ ग्रहण कार्यक्रममा उप प्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला साह, संघीय सांसद अच्युत मैनाली,निर्मला देवकोटा,प्रभु हजरा लगाएत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 

कार्यक्रममा पाटीका नवनिर्वाचित पर्सा अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, उपाध्यक्ष मनोज गुप्ता, सचिव महेश दास सहसचिव नविजान मिया अंसारी लगाएत सदस्यहरूलाई सपथ खुवाईनुका साथै प्रमाण पत्र समेत वितरण गरिएको थियो। 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय