समसामयिक :

सुन तोलामा १ हजार बढ्यो

बुधबार, जेठ २, २०८१

वीरगञ्ज ।  बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा सुन कारोबार भएको थियो । सुनको भाउ यसअघि वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । यसअघि वैशाख ९ गते र हिजो प्रतितोला १ हजार ७४० रुपैयाँको उच्च रेकर्ड बनाएको चाँदी आज १ हजार ७४५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय