समसामयिक :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना पक्राउ

सोमबार, वैशाख ३१, २०८१

वीरगञ्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई जना पक्राउ परेका छन् । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट आइतबार साँझ काठमाडौं उत्रिएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेका हुन् ।

पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी-सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको छ ।

विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट नजिक आइसकेका उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको एआईजी थापाले बताए । उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय